दक्षिण कोरियाका पूर्वप्रधानमन्त्रीद्वारा राष्ट्रपतिको उम्मेद्वारी घोषणा

395 Shares

एजेन्सी ।  दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डक–सूले राजीनामा दिएपछि शुक्रवार आफ्नो राष्ट्रपति पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । 

हानले राष्ट्रिय सभामा टेलिभिजनमा प्रशारित पत्रकार सम्मेलनमा जुन ३ को चुनावमा राष्ट्रपति पदको लागि उम्मेदवार हुने बताउनु भयो । उहाँले देशको भविष्यको लागि केही गर्न सकिन्छ की भनेर आगामी राष्ट्रपति चुनावमा जनताद्वारा निर्वाचित हुने आशा व्यक्त गर्नुभयो । 

यदि राष्ट्रपति निर्वाचित भए हानले संविधान संशोधन गर्न र नयाँ संविधान अनुसार आफ्नो पाँच वर्षे कार्यकालको तेस्रो वर्षमा संसदीय र राष्ट्रपति चुनाव एकैसाथ गर्न सबै प्रयास गर्ने बताउनु भयो । सिन्ह्वा