नीति तथा कार्यक्रम सन्तुलित र प्रतिफलमुखीः योगेश भट्टराई

320 Shares

काठमाडाैं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित भएको बताउनुभएको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यका विषयमा बढी जोड दिएको बताउनु भयो । उहाँले शिक्षालाई व्यवसायिक र प्राविधिक धारको रुपमा विकास गर्ने नीतिमा आएको बताउनुभयो । 

१२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई आत्मनिर्भर हुने गरी स्वरोजगारको व्यवस्था गर्ने सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले स्वास्थ्य सेवालाई सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रममा जोड दिएको बताउनु भयो । राष्ट्रिय गौरवका आयोजनाहरुको पूर्वाधार विकासलाई प्राथमिकिकरण गरी प्रतिफलमुखी बनाउन नीति तथा कार्यक्रममा जोड दिएको उहाँको भनाइ छ ।

सांसद भट्टराईले विगतका सरकारले ल्याएको कतिपय कार्यक्रमहरुको निरन्तरता पनि हुने भएकाले नीति तथा कार्यक्रम परम्परागत जस्तो देखिएको बताउनु भयो ।