काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्वको नभएको बताउनुभएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति तथा कार्यक्रम गुणात्मक महत्वको आउँछ भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रममा निरन्तरताकै लागि आएको जस्तो देखिएको बताउनु भयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले नीति तथा कार्यक्रममा केही सुधारात्मक कुराहरू भए पनि अहिलेको लागि त्यो पर्याप्त नभएको जिकिर गर्नुभयो । उहाँले जनताको जीवनमा असर पार्ने र मानिसले अपेक्षा गरे अनुसारको ठोस विषयहरू नसमेटिएको बताउनु भयो । उहाँले यो नीति तथा कार्यक्रमले नागरिकमा आशा नजगाउने दाबी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया