436
Shares
काठमाडाैं । सरकारले जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । उहाँले कृषि मल कारखाना स्थापनाका लागि आगामी वर्षदेखि सरकारले काम शुरु गर्ने बताउनु भयो ।
रासायनिक मलको प्रयोगबाट मानव स्वास्थ्यमा हुने हानीको न्यूनीकरण गर्न बताउँदै उहाँले रासायनिक मलको मूल्य, आपूर्ति र वितरण प्रक्रिया परिवर्तन गरिने बताउनु भयो ।
राष्ट्रपति पौडेलले कृषि, पशुपंक्षी तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाइने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया