सबै गैरआवासीय नेपालीको साझा सोच, ‘नेपालको समृद्धि छिट्टै होस्’: नेता सिटौला

370 Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गैरआवासीय नेपालीलाई नेपालसँग थप मजबुदसम्बन्ध विकास गर्न आवश्यक कानून निर्माणका लागि सुझाव माग गर्नुभएको छ।

नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले गैरआवसीय नेपालीसँग सुझाव माग गर्नुभएको हो । उहाँले गैरआवसीय नेपालीको सुझाव अनुसार नेपालसँग जोड्न सजिलो हुनेगरी कानून निर्माण गर्न सहयोग गर्ने बताउनु भयो । नयाँ संविधान गैरआवासीय नेपालीको चिन्ता र चासो समेटिएको बताउनु भयो । थप सहजताका लागि सरकारले संसदमार्फत गैरआवासीय नेपालीको सम्बोधन गर्न आवश्यक काम गरिरहेको उहाँको भनाइ छ ।

नेता सिटौलाले नेपालबाट जनुसुकै देशमा पुगेका नेपाली भएपनि नेपालको समृद्धि होस् भन्ने सबैको साझा सोच रहेको बताउनु भयो ।