काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताउनुभएको छ।
नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताउनुभएको हो । संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उहाँको भनाइ छ । उहाँले सरकारको स्थायित्वको अभावले नीतिगत काममा समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरु मिलेर सरकार चलाउनुपरेको दाबी गर्नुभयो ।
उहाँले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको टिप्पणी गर्नुभयो । उहाँले गैरआवासीय नागरिकताको अधिकारका विषय कानूनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने बताउनु भयो ।
उहाँले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायित्व अपरिहार्य रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया