देउवाजीले सरकार ढल्दैन भनेपछि प्रचण्ड पुर्पुरोमा हात लगाएर खुइया गर्दै बसेका छन्ः ओली

364 Shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताउनुभएको छ।

शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गर्नुभयो । 

उहाँले सरकार परिवर्तनको हल्ला फिँजाउन जरुरी नरहेको बताउनु भयो । उहाँले हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता÷कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो । उहाँले विमानस्थलमा सभापति देउवाले सरकार ढल्दैन भनेसँगै अहिले पुर्पुरोमा हात लगाएर सुस्केरा हाल्दै बस्ने गरेको बताउनु भयो । प्रधानमन्त्री ओलीले नेपालको यही भूबनावटले नेपाललाई सधैँ स्वाधीन राखेको बताउनु भयो ।