उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेट

379 Shares

काठमाडाैं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गर्नुभएको छ।

सिंहदबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितको बारेमा छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँले भारत र नेपालबीचमा शहरी विकासको सम्बन्धमा अनुभव र सहयोग आदानप्रदानको विषयमा छलफल भएको जानकारी दिनुभयो । 

भेटमा भारतले पछिल्लो समय शहरी विकासको क्षेत्रमा गरेको काम र त्यसबाट नेपालले सिक्न सक्ने कुराका बारेमा छलफल भएको बताउनु भयो । उहाँले शहरी यातायात व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापनको अनुभव आदानप्रदान लगायतका बारेमा छलफल भएको बताउनु भयो । 

नेपाल र भारतबीच शहरी विकासका अनुभवहरु आदानप्रदान गर्न र सहयताको लागि एमओयु तयार भएको उल्लेख गर्दै सचिव सिग्देलले उचित समयमा हस्ताक्षर गरिने बताउनु भयो ।