आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस मनाइँदै

380 Shares

काठमाडौं । विश्व प्रतिलिपी अधिकार दिवस आज मनाइँदैछ । 

सन् १९९५ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरे अनुसार आज याे दिवस मनाउन लागिएकाे हाे ।

यो  दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पुस्तक पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपी अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ ।

यही मितिमा विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो । त्यसैले यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्ने गरेकाे छ ।