०८२ साल वैशाख १० गतेः कस्ताे छ आजकाे भाग्य ?, हेराैं राशिफल

393 Shares

काठमाडौँ । २०८२ साल बैशाख १० गते बुधबार  तदनुसार २३ अप्रिल २०२५ । दशमी तिथि १६ घडी १० पला उप्रान्त एकादशी  तिथि प्रारम्भ हुनेछ । धनिष्ठा नक्षत्र ५ घडी ४९ पला उप्रान्त शतभिषा नक्षत्र प्रारम्भ हुनेछ । शुक्ल योग गर करण आज बिहान सूर्योदय ५ः ३४ मा भयो भने सूर्यास्त ६ बजेर ३२ मिनेटमा हुनेछ । आज बुधबार चन्द्रमा कुम्भ राशिमा ।

मेष राशि
बोलीमा प्रभाव बढेर जानेछ । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । स्वास्थ्यमा सुधार भएर जानेछ । न्यायिक काममा तपाईंकै जित हुनेछ । दाजुभाइको सहयोगले नयाँ कार्यको थालनी हुँदा मनमा उत्साह बढेर जाने देखिन्छ ।

वृष राशि 
अध्ययन अध्यापनमा बाधा आउनेछ । बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । कुरा काट्नेहरू सक्रिय रहनेछन्, सजग रहनुहोला ।
 
मिथुन राशि 
गरिरहेको काममा बाधा आउनेछ । धार्मिक कार्यमा बाधा आउनेछ । आर्थिक वृद्धिदरमा कमी आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। 

कर्कट राशि 
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । भोजभतेरमा सहभागी भइने योग छ।  पठनपाठनमा सफलता मिल्ने र मनमा खुसी छाउनेछ।

सिंह राशि 
शैक्षिक कार्यमा सफलता पाइने योग छ। आध्यात्मिक क्षेत्रबाट अगाडि बढ्न प्रेरणा मिल्नेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने योग परेको छ। 

कन्या राशि 
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। व्यापार व्यवसायबाट घाटा बेहोर्नु पर्नाले मानसिक तनाव बढेर जाने देखिन्छ ।

वृश्चिक राशि 
आयमा वृद्धि भएर जानेछ । धार्मिक यात्राको अवसर मिल्नेछ। माङ्गलिक कार्यमा सहभागी भइनेछ। लामो समयदेखि रोकिएको धन हातमा पर्नाले मनमा खुशी छाउनेछ। 

धनु राशि 
आकस्मिक धनलाभ मिल्ने देखिन्छ । लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । बोलीमा आएको परिवर्तनले ठूला व्यक्तिले पनि तपाईंकै नजिक भएर अगाडि बढ्ने प्रोत्साहन दिने देखिन्छ। 

मकर राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । बोलीमा कठोरता आउनेछ। सञ्चित धनको नाश हुनेछ। आकस्मिक  यात्रा बन्नुका साथै स्वास्थ्यमा समेत उत्तरचढाव आउने देखिन्छ ।

कुम्भ राशि 
मानसम्मानमा वृद्धि भएर जानेछ। मैत्री सुखमय वृद्धि हुनाका साथै धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । शेयर कारोबारबाट मनग्य लाभ लिन सकिने योग छ। आर्थिक क्षेत्रमा सुधार भएर जानाले मनमा खुसी छाउनेछ ।

मीन राशि 
दाजुभाइमा मनमुटावको सिर्जना हुनु हुनेछ । साझेदारी कामबाट घाटा बेहोर्नुपर्ने देखिन्छ ।झुटा आरोपको सामना गर्नुपर्ने ले मनमा चिन्ता बढेर जानेछ। सजगताका साथ अगाडि बढ्नुहोला । 

ज्याेतिषः प्रमाेद भट्टराई