२०८२ साल वैशाख ९ गतेकाे राशिफल

337 Shares

काठमाडौँ । 

मेष राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको योग रहेको छ। पठनपाठनमा बाधा आउनुका साथै आफन्तमा बहिरभाव आउनेछ । लेखनशैलीमा कमी आउने देखिन्छ । सजगताका साथ अगाडि बढ्नुहोला ।

वृष राशि 
कुरा काट्नेहरू सक्रिय रहनेछन् । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । पारिवारिक मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

मिथुन राशि 
आयआर्जनमा बृद्धि भएर जानेछ । शैक्षिक कार्यमा सफलता मिल्ने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ। 

कर्कट राशि 
पारिवारिक साथ सहयोगले नयाँ कार्यको थालनी हुनेछ । बोलीमा मिठास आउनाले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ । भोजभतेरमा सहभागी हुने योग रहेको छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । 

सिंह राशि 
जग्गा जमिनबाट राम्रै आम्दानी गर्न सकिनेछ । साझेदारी काममा सफलता मिल्ने देखिन्छ । पठनपाठनमा सफलता मिल्ने योग रहेको छ। राजनीतिक क्षेत्रमा सुधार भएर जानाले मनमा खुसी छाउने देखिन्छ । 

कन्या राशि
पठनपाठनमा बाधा आउनेछ । आफन्तजनबाट विवादको सामना गर्नुपर्ने देखिन्छ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउने तथा शरीरमा आलस्यता छाउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । 

तुला राशि 
मानसम्मान पाइने योग छ । स्थान परिवर्तनको योग रहेको छ । दाम्पत्य जीवनमा खुशीयाली छाउनेछ। स्वास्थ्यमा सुधार भएर जानाले मनमा खुशी छाउने देखिन्छ । 

वृश्चिक राशि 
प्राविधिक कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। शेयर कारोबारबाट लाभ लिन सकिने योग छ । धार्मिक कार्यमा सहभागी भइने छ । मिष्ठान्न भोजनको अवसर जुट्ने देखिन्छ । 
 
धनु राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । धार्मिक कार्यमा बाधा आउनका साथै विश्वास गरेका साथीभाइबाट धोका मिल्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ । 

मकर राशि 
न्याय कार्यालयमा सफलता पाइने योग छ । कृषि तथा चौपायाबाट लाभ लिन सकिनेछ। पठनपाठनमा सफलता मिल्ने देखिन्छ । बोलीमा सुधार आउनुका साथै सौन्दर्यतामा समय व्यतित हुने देखिन्छ ।

कुम्भ राशि
व्यापार व्यवसायमा अस्थिरता आउनेछ। पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाइनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।  

मीन राशि 
माङ्गलिक कार्यमा सहभागी भइनेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । दाजुभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।