दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन दोस्रो फौजदारी मुद्दाको सुनुवाइमा उपस्थित

365 Shares

काठमाडाैं । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योल सोमबार विद्रोहको आरोपमा आफ्नो फौजदारी मुद्दाको दोस्रो सुनुवाइमा उपस्थित हुनुभएको छ। 

अप्रिल ४ मा संवैधानिक अदालतले युनलाई उनको अल्पकालीन मार्शल ल लागू गरेकोमा महाभियोग लगाउन संसदले गरेको प्रश्तावलाई समर्थन गरेको थियो । अदालतको निर्णयसँगै रूढीवादी नेताले आधिकारिकरूपमा सबै राष्ट्रपतिको शक्ति गुमाएका छन् । 

युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गरे, तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो । युनविरुद्धको महाभियोग प्रस्ताव गत वर्ष डिसेम्बर १४ मा संसदमा पारित भएको थियो । युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयबाट पक्राउ गरिएको थियो । 

जनवरी २६ मा विद्रोहको शंकास्पद रिंगलीडरको रूपमा हिरासतमा राखिएको थियो । यदि विद्रोह रिंगलीडर भएकोमा दोषी ठहरिएमा युनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनसक्छ । अभियोजन पक्षले अदालतको रिहाइ स्वीकृति विरुद्ध अपील नगर्ने निर्णय गरेपछि उनलाई मार्च ८ मा रिहा गरिएको थियो ।सिन्ह्वा