यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरु

306 Shares

काठमाडाैं । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ। 

बढुवा समितिले पौडेलसहित वरिष्ठता क्रममा अगाडि रहेका तीन जना सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो । 

सहसचिव पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन् । सचिव अर्जुन पोखरेलले अवकाश पाएपछि रिक्त पदमा पौडेलको बढुवा भएको हो। 

बैठकले रिक्त रहेको भूमि व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई सरुवा गरेको छ। कोसी प्रदेशको प्रमुख सचिवमा कार्यरत उनलाई सरकारले एक वर्षपछि सिंहदरबार फर्काएको हो । 

सोमबारकै बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग पनि गठन गरेको छ ।