भलिबल संघका अध्यक्ष चन्दसहित तीन सदस्यीय टोली नेदरल्याण्ड्स प्रस्थान

Kmc

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, निवर्तमान अध्यक्ष रमण शर्मा र पूर्व राष्ट्रिय महिला खेलाडी कोपिला उप्रेती नेदरल्याण्ड्स प्रस्थान गरेका छन् ।

NLG InsuranceNECO
चन्द र शर्मा नेदरल्याण्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआईभीबीको ३८ औं वर्ल्ड कंग्रेस र एभिसीको २४ औं साधारण सभामा सहभागिता जनाउन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्यस्तै, पूर्व खेलाडी तथा एफआइभीबी लेभल २ प्रशिक्षक कोपिला भने डच भलिबल एसोसिएसनको आयोजनामा हुने भलिबल फर लाइफ अन्तर्गतको कोचिङ वर्कसप र अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउन नेदरल्यान्ड्स प्रस्थान गरेकी हुन्।

नेदरल्याण्ड्स जाने टोलीलाई भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव विनोद सुवेदी, कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ र पूर्व कप्तान भरत बहादुर शाहले बिदाइ गरे ।