आईपिएल : राजस्थानद्वारा लखनउ सात विकेटले पराजित

Kmc

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित दर्ता गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी हुँदै तीन विकेटको क्षतिमा १९९ रन बनाएर सात विकेटको शानदार जित निकालेको हो ।

NLG InsuranceNECO
राजस्थानको जितका लागि कप्तान सञ्जु सैमसनले नटआउट ७१ रन बनाए । उनले ३३ बलको सामना गर्दै सात चौका र चार छक्का प्रहार गरे ।  लखनउका लागि एस ठाकुर, मार्कस स्टोनिस र अमित मिश्राले एकएक विकेट हात पारे । सुरुमा ब्याटिङ गरेको लखनउका कप्तान केएल राहुल र दीपक हुड्डाले अर्धशत बनाएका थिए । राहुलले सर्वाधिक ७६ रन बनाए ।

राजस्थानका सन्दीप शर्माले सर्वाधिक दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, आवेश खान र रवि अश्विनले एकएक विकेट हात पारे। यो जितसँगै राजस्थान १६ अंकका साथ शीर्ष स्थानमा छ । लखनउ १० अंकसहित चौथो स्थानमा छ ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो ३:४५ बजे गुजरात टाइटन र रोयल च्यालेन्जर्स बैंग्लोरुबीच हुँदैछ । दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच साँझ ७:४५ बजे हुनेछ ।