काठमाडाैं । नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्रकाे समृद्धिका लागि सयौं गीत संगीत प्रस्तुत गरिसकेकाे बद्री लोकमाला म्युजिक कम्पनीले नयाँ गीत बजारमा ल्याएकाे छ ।
बद्रीप्रसाद सिटौलाको पछिल्लो सांगीतिक प्रस्तुति “मेरै फोटो हेर्दै पो रुन्थ्याै रे” बोलको गीत भर्खरै सार्वजनिक भएको हाे । वियोगान्त प्रेमभावमा तयार भएको गीतमा बद्रीप्रसाद सिटौला र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । सुफिक्स मदनको संगीत संयोजनमा तयार भएको गीतमा बद्रीप्रसाद सिटौलाको लय र राजकुमार खनालको शब्द रहेको छ । गायक तथा सर्जकद्वय बद्रीप्रसाद सिटौला र राजकुमार खनालले निकै समय पहिलेदेखि नेपाली गीत संगीतमा सहकार्य गर्दै आएका छन् ।
प्रस्तुत गीत “मेरै फोटो हेर्दै पो रुन्थ्याै रे” को म्युजिक भिडियो पनि गीतको भावअनुसार बनेको छ । साजन पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा गायक तथा सर्जक स्वयं बद्रीप्रसाद सिटौला, लोकप्रिय गायिका गीता देवी, आर्यन बिरही, ईश्वर तिमल्सिना र अर्जुन थापाको अभिनय देख्न सकिन्छ । बद्री लोकमाला युट्युब च्यानलमार्फत सार्वजनिक भएको हाे।
गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला