मण्डनदेउपुर-१० को विन्धवासिनी माविका २३५ विद्यार्थीलाई स्कूल ब्याग वितरण

Prabhu Insurance

काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका- १० को विन्धवासिनी माध्यामिक विद्यालयमा अध्ययनरत २३५ विद्यार्थीलाई स्कूल ब्याग वितरण गरिएकाे छ।

NECO
बिहीबार विद्यालयमा आयाेजित एक कार्यक्रमका बीच उनीहरुलाई स्कूल ब्याग वितरण गरिएकाे साे वडाका वडाध्यक्ष कुमार तामाङले जानकारी दिनुभयाे । नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाकाे सहयाेगमा विद्यार्थीलाई झाेला वितरण गरिएकाे हाे । बाढी पहिरोको चपेटामा रहेका यहाँका विद्यार्थीहरुलाई सहयाेगस्वरुप झाेला वितरणका लागि  नोन्सान नेपाली एकता समाजसँग ध्यान गुरु डाक्टर कर्मा साङ्बोले समन्वय गर्नुभएकाे थियाे । 
 
झाेला वितरण कार्यक्रममा नोन्सान एकता समाज दक्षिण कोरियाका अध्यक्ष पिएन शेर्पा लगायत उहाँको संस्थाकाे सिङ्गो टिम, कार्यक्रममा प्रतिनिधीका रुपमा आउनु भएका नेपाल शेर्पा संघका केन्द्रीय सदस्य दावाछिरी शेर्पा र युवा सदस्य च्याङ शेर्पाप्रति वडावासीका तर्फबाट वडाध्यक्ष तामाङले धन्यवाद र आभार ब्यक्त गर्नुभएकाे छ । यसअघि गत वर्ष पनि जाडाे माैसममा यहाँका विद्यार्थीलाई कान्छीमाया फाउण्डेशनकाे सहयाेगमा न्यानाे कपडा विरतरण गरिएकाे थियाे । आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने वडाध्यक्ष तामाङले बताउनुभयाे । 

तस्बीरहरुः कुमार तामाङ