काभ्रे बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो, कुन पालिकामा कति ?

Prabhu Insurance

काभ्रे । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा हालसम्म ६५ जनाको मृत्यु भएको छ ।

NECO
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको पछिल्लो तथ्यांक अनुसार बाढीपहिरोबाट जिल्लामा ६५ जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार जिल्लामा ५२ जना घाइते छन् ।

आइतबार बिहानदेखि हालसम्म हेलिकोप्टरबाट ६०८ जनाको उद्धार गरिएको छ । यस्तै स्थानीय जनप्रतिनिधी, स्थानीयवासी र अन्यबाट उद्धार हुनेको संख्या ३ हजार २९९ रहेको प्रहरीले जनाएको छ । सवारी साधनबाट उद्धार भएका ६ हजार ५३० मध्ये २ हजार ६१७ महिला र ३ हजार ९१३ पुरुष रहेका छन् ।

पालिका अनुसार धुलिखेलमा २ र बनेपा नगरपालिकामा ३ जनाको मृत्यु भएको छ । यस्तै पनौतीमा १८, मण्डनदेउपुरमा ८, नमोबुद्धमा ५, रोशीमा ६, चौरीदेउरालीमा १, बेथानचोकमा १०, तेमालमा ९ र भुम्लुमा ३ जनाको मृत्यु भएको हो । जसमा पुरुषको संख्या ३० र महिलाको संख्या ३५ रहेको छ । जसमध्ये १४ जना बालबालिका रहेका छन् ।