आज ६० औँ राष्ट्रिय बाल दिवस, देशभर विविध कार्यक्रम गरि मनाइँदै

NLG INSURANCE

काठमाडौं । आज  ६० औँ राष्ट्रिय बाल दिवस बाल अधिकार रक्षाका लागि आवाज उठाउँदै मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।

NECO
नेपालमा बाल दिवस हरेक वर्ष भदौ २९ गते मनाइन्छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाउने गरेकाे हाे ।

वि.स २०२१ भदौ ४ गतेबाट नेपालमा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो । भारत भ्रमणमा रहेका बेला महात्मा गान्धीले आफ्नो जन्मदिनमा बाल दिवस मनाएको देखेपछि तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहले पनि नेपालमा आफ्नो जन्मदिन पारेर बाल दिवस मनाउने प्रचलन बसाएकी हुन् ।

त्यसपछि रत्न राज्यलक्ष्मीदेवी शाहको जन्मदिन पारेर भदौ ४ गतेलाई बाल दिवस मनाइने चलन सुरु भयो । भदौ ४ गते पारेर नेपालले ४२ वटा बाल दिवस मनायो । अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्कँदै गर्दा नेपालले भदौ २९ लाई बाल दिवसका रूपमा स्थापित गरेकाे हाे ।

बालबालिकाहरूलाई ज्ञान, संस्कार, सीप, धारणाको सकारात्मक र आशावादी विचारहरूको विजारोपण गर्न जरुरी रहेको सरोकारवालाहरु बताउँछन्  ।