संविधान संशोधन छलफलको विषय बनाउनुपर्छ : अध्यक्ष नेपाल

NLG INSURANCE

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको छलफलको विषय भएको बताउनुभएको छ ।

NECO
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संविधान संशोधन सार्वजनिक सरोकारको विषय भएकाले बृहत् छलफल गर्नुपर्ने स्पष्ट पार्नुभयो ।पूर्वप्रधानमन्त्री नेपालले संविधान संशोधनमा राजनीतिक दल, सांसद, आमजनताको सरोकारको विषय भएकाले सार्वजनिक छलफलको रुपमा ल्याउनु पर्ने धारणा राख्नुभयो । उहाँले समानुपातिक निर्वाचन सम्बन्धमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा आफू नरहेको र यसले मुलुकमा जटिलता ल्याउने विश्वको इतिहासमा देखिएको  छ ।” एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले हाम्रो मुलुक स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न देश भएकाले कसैको छत्रछाँयामा बस्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

आफ्नो पार्टीको विरुद्ध अनेक षड्यन्त्र चलिरहेको बताउँदै उहाँले यस्तो कुरालाई आधार मानी पार्टीका नेताबीच अविश्वासका वातावरण सिर्जना  गर्न नहुने बताउनुभयो ।