काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा भदाैयता डेंगु संक्रमितकाे संख्या बढ्दै गएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले दिएको पछिल्लाे तथ्यांक अनुसार २०८१ साउन १ देखि भदौ १९ गतेसम्म जिल्लामा ८३ जना डेंगु संक्रमित फेला परेका छन् ।
जसमा बनेपा र पनाैतीमा सबैभन्दा धेरै १९ / १९ जना संक्रमित भेटिएका छन् । यस्तै भुम्लुमा १५ र धुलिखेलमा १४ जना रहेकाे कार्यालयले जनाएकाे छ ।
यता नमाेबुद्धमा ४, मण्डनदेउपुरमा ४, राेशीमा ४, पाँचखालमा ३ र तेमालमा १ जनामा संक्रमण पुष्टी भएकाे छ । चार वटा गाउँपालिकाहरु खानीखाेला, बेथानचाेक, महाभारत र चाैरीदेउरालीमा भने संक्रमित भेटिएका छैनन् ।
गएको २४ घण्टामा थप ६ जना नयाँ संक्रमित थपिएकोसमेत हालसम्म संक्रमितमध्ये ३६ जना पुरुष र ४७ जना महिला रहेका छन् ।