काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन नियम अनुसार चल्न खेलकुद संघसंस्थाहरुलाई निर्देशन दिएका छन् ।
बुधबार पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाडौंमा स्वागत गर्दै मन्त्री चौधरीले राखेपको ऐन र कानून अनुसार चल्न निर्देशन दिँदै ऐन र कानून बिपरितको काम गरे आगामी दिनमा समस्या पर्न सक्ने चेतावनी दिए । ऐन कानूनमा समस्या भए बेलैमा संशोधन गरेर समस्या हल गर्न सकिने उनले बताए । उनले खेलाडी र प्रशिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै योजना र कार्यक्रम निर्माण गर्न पनि निर्देशन दिए । खेलाडी र प्रशिक्षकका लागि केही नगर्ने तर कुराले डंका पिट्ने प्रवृत्ति अन्त्य गर्न उनले सुझाव दिए ।
उनले राष्ट्रको गौरव बढाउने काम खेलाडीहरुले गरेको भन्दै खेलकुदको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।