नेपाल भाषाको कालजयी गीत 'राजमती 'अब नेपाली भर्सनमा (भिडियाेसहित)

Kmc

काठमाडौं । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुँदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिले भारतको कलकत्तामा  रेकर्ड गरिएको कालजयी गीत 'राजमती 'को नेपालीभाषामा पनि पुन लेखन, संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले  'राजमती 'गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् ।

NLG InsuranceNECO
नेपालको पहिलो गायक सेतुराम प्रधानले बिसं. १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमतीसहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो।

गएको दुई सय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ संसारभरका नेपालीभाषी थप परिचित बनाउने उद्देश्यसहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ । गीतलाई  १०० वर्ष अगाडिको कथाबस्तु अनुसार नै बनाइएको र साेही अनुरुप भिडियो निर्माण गरिएको हो ।

सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकारहरुको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेका छन् भने गीतको प्रोड्युसर रश्मी प्याकुरेल हुन् भने म्युजिक नेपाल , सेन्सोडाइन टुथपेस्ट  र करेन्ट चाउचाउले सहयोह गरेका छन् । कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार विजयरत्न तुलाधर र राष्ट्रिय युवा उद्यमी पुरस्कारबाट व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाई पुरस्कृत गरिएको छ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला