काठमाडाैं । फ्रान्सको पेरिसमा हालै सम्पन्न प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएकाे छ । टाेलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियाे ।
गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीहरुलगायतको बाक्लो उपस्थिती रहेको थियो । त्रिभुवन विमानस्थलमा भव्य स्वागतसँगै टाेलीलाई नगर परिक्रमा गराइएकाे थियाे ।
तस्बिरः हरिराम भेटुवाल / रासस