राजनीतिक दलहरू जनचाहना विपरीत चल्न नहुनेमा अध्यक्ष लिङ्देनकाे जाेड

Kmc

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू नेपाली जनताको चाहना विपरीत चल्न नहुने बताएका छन् ।

NLG InsuranceNECO
केदारेश्वर महादेवमणि सेवा आश्रम पोखराद्वारा साेमबार मन्दिर परिसरमा आयोजित बोलबम पदयात्रापछिको धार्मिकसभालाई सम्बोधन गर्दै उनले राजनीतिक दर्शनभन्दा देश र धर्म ठूलो भएकाले दलहरूले सोहीअनुसार काम गर्नुपर्ने बताए ।  

पछिल्लो समय हिन्दूराष्ट्र कायम हुनुपर्छ भन्ने माग उठिरहेका बेला ठूला राजनीतिक दलहरूले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो । यसअघि पोखरा–१ स्थित सेती नदी किनार गाईघाटबाट सुरू भएको बोलबम पैदलयात्रा बगर, नदीपुर, महेन्द्रपुल, पृथ्वीचोक, सिमलचौर, रत्नचोक हुँदै केदारेश्वर महादेवमणि मन्दिर परिसरमा पुगेर धार्मिकसभामा परिणत भएको थियो ।