देवी प्रतिभा अझै दुई दिन कोटिहोममा रहने, गृह नगरमा आज सम्मान र अभिनन्दन गरिने

IATA

काभ्रे । दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छिन् ।

NECO
शनिबार भारत फर्किने गरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन्।

उनले आजदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते बिहानीसत्रमा रामकथा प्रवचन गर्नेछिन् ।

यसैबीच उनलाई आइतबार प्रतिभाकै गृहनगर मण्डनदेउपुरमा पनि स्वागत, अभिनन्दन र सम्मान गरिने भएकाे छ । नगरपालिकाकाे  सभाहलमा एक कार्यक्रमका बीच सम्मान कार्यक्रम राखिएको नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले बताए । सो कार्यक्रममा उपस्थितीका लागि सम्पूर्ण नगरवासीमा अनुरोध पनि गरिएको छ ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा २०५८ पुस १८ गते जन्मिएकी प्रतिभा पराजुली विगत एक दशकदेखि भारतको बृन्दावनमा अध्ययनको शिलशीलामा पुगेकी थिइन् । त्यहाँबाटै उनले यस क्षेत्रमा पाइला चालेकी हुन् । सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढेकी प्रतिभाले छोटो समयमै देशविदेशमा ख्याति कमाएकी छिन् ।

अध्यात्मिक कार्यबाट स्वदेश तथा विदेशमा प्रसिद्धि कमाएकी देवी प्रतिभा अर्थात प्रतिभा पराजुलीलाई शनिबार उनकै गृह जिल्ला काभ्रेको पनाैती नगरपालिकामा भव्य स्वागत र सम्मान गरिएको थियाे । काभ्रे सेवा समाज र पनाैती नगरपालिकाले उनलाई पनाैतीमा आयाेजित एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेका हुन् ।

र याे पनि
प्रसिद्ध कथावाचक देवी प्रतिभालाई गृह जिल्ला काभ्रेमा भव्य स्वागत (फाेटाेफिचर)

पशुपतिमा जारी कोटीहोम : अध्यात्मबाट विश्वलाई जोड्दै मण्डनदेउपुरकी ‘देवी प्रतिभा’