चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

Prabhu Insurance

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागूऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

NECO
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दुबईबाट जेठ ४ मा नेपाल आएकी अपुलाले झोलाभित्र लुकाएर राखेको अवस्थामा जेठ ११ गते शुक्रबार ठमेलबाट पक्राउ गरिएको जानकारी दिए । झोलाभित्र प्लास्टिकमा  र्यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलसहित प्रहरीले  उक्त कोकिन फेला पारेको हो ।

पक्राउ परेकी अपुलाले उक्त क्याप्सुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए । उक्त कोकिनको बजार मूल्य तीन करोड ८५ लाख बराबर हुने प्रहरीले बताएको छ ।

पक्राउ परेकी उनलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।