जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

Kmc

सिरहा, २० वैशाख: सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण जमिन खाली गराउन स्थानीयले आग्रह गरेका छन् । विसं २०७६ माघ २४ गतेदेखि अतिक्रमित जग्गा खाली गराउन सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको भन्दै स्थानीयले यस्तो आग्रह गरेका हुन् । 

NLG InsuranceNECO
अभियन्ता शुभेन्द्रकुमार साहले जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालयलाई लिखितरूपमा ज्ञापनपत्र बुझाएको बताए । “सार्वजनिक सम्पत्ति हामी सबैको हो । त्यसैले नागरिकको कर्तव्य ठानेर अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउन माग गरेका हौँ”, अभियन्ता साहले भने । 

आफ्नो माग सुनुवाइ नभए अब सत्याग्रह (आमरण अनशन) बस्नुपर्ने अवस्था आउने पनि उनले बताए । सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले भने मागसम्बन्धमा सत्यतथ्य बुझि आवश्यक प्रक्रिया अगाडि बढाउने बताएका छन् । अतिक्रमित जग्गामा अहिले विभिन्न ११ परिवारले घर टहरा बनाएर बसोबास गरिरहेका छन् ।