‘गङ्गादेवी थपिलयाको जीवनयात्रा’ विमोचन

Kmc

काठमाडौँ । समाजसेवी, राजनीतिकर्मी तथा धार्मिक अभियन्ता गङ्गादेवी थपलियाको पुस्तक ‘गङ्गादेवी थपलियाको जीवनयात्रा’ आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का  अध्यक्ष राजेन्द्र लिङ्देन र लेखक थपलियाले पुस्तकको विमोचन गरेका हुन् ।

NLG InsuranceNECO
“थपलियाले राजनीतिलाई सेवाभावका रुपमा लिनुभयो । आज पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ”, राप्रपा अध्यक्ष लिङ्देनले भने ।

साहित्यकार गोपीकृष्ण प्रसाईँले पुस्तकको समीक्षा गर्दै थपलियाको पुस्तकमा सङ्घर्षका पल समेटिनुका साथै प्रतिकूल अवस्थामा पनि अगाडि बढ्नुपर्छ भन्ने सन्देश रहेको उल्लेख गरे । “महिलाले केही गर्नुपर्छ भन्ने प्रेरणा पुस्तकबाट पाइन्छ”, उनले भने ।

लेखक थपलियाले श्रीमानको साथ सहयोगले चुलोचौकामा सीमित नभइ समाजसेवामा लाग्न प्रेरित गरेको बताए ।