नेपालमा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Kmc

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ ।  

NLG InsuranceNECO
देशभरका विभिन्न प्रयोगशालामा परीक्षण भएका ५८० नमूनामध्ये १० जनामाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टाभित्र थप १५ जना कोरोनामुक्त भएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४१ हजार ५०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।