नेपाल रिले फेरि पायो 'डब्बल ए माइनस रेटिङ'

Kmc

 

NLG InsuranceNECO
काठमाण्डाै‌ । नेपाल पुनर्बीमा कम्पनी (NRIC, नेपाल रि) कम्पनीको इक्रा एनपि डबल ए माइनस रेटिङ(ICRANP-IR AA-) लाई रेटिङ एजेन्सी इक्रा नेपालले निरन्तरता दिएकाे छ।

नेपाल पुनर्बीमा कम्पनीकाे वित्तीय दायीत्व पुरा गर्न सक्ने क्षमता सबल देखिएकाे जनाउँदै इक्राले पुरानै रेटिङलाई निरन्तरता दिएकाे हाे । यस्ताे रेटिङ प्राप्त गर्ने स‌ंस्थालाई दिइएकाे वित्तीय कर्जा वा उधाराे डुब्ने स‌ंभावना कम भएकाले रेटिङलाई निरन्तरता दिएकाे इक्राले जारी गरेकाे प्रेस विज्ञप्तीमा उल्लेख छ। 

४४ प्रतिशत शेयर स्वामित्व रहेकाे  नेपाल पुनर्बीमामा सरकारकाे साेल्भेन्सी अनुपात ३.२६ प्रतिशत रहेकाे छ ।  इक्रा नेपालले सन् २०२१ मा काेराेना बीमावापतकाे दाबी भुक्तानी दायीत्व दिनु परेकाे बाहेक लगातार पाँच वर्षदेखि जाेखिमा‌ंकनबाट बचत गर्न सक्षम रहेकाे जनाएकाे छ । यसबाहेक शेयर पूँजीमा ७ प्रतिशत र सम्पत्तीमा ६ प्रतिशतको औसत प्रतिफल हासिल गरेकाे छ । 

अन्तर्राष्ट्रियरुपमा पुनर्बीमा सेवा विस्तार गर्ने घाेषणा गरे पनि यसकाे कूल व्यापारमा विदेशी व्यापारकाे हिस्सा जम्मा ६ प्रतिशत रहेकाे छ। बाँकी ९४ प्रतिशत व्यापार स्वदेशी बीमा कम्पनीबाट प्राप्त गरिरहेकाे छ। स्वदेशी बीमा कम्पनीहरुमा पनि निर्जीवन बीमा कम्पनीबाट प्राप्त हुने बीमाशुल्क आम्दानीले कूल काराेबारमा ७९ प्रतिशत हिस्सा ओगटेकाे छ। पछिल्ला वर्षहरुमा निर्जीवन बीमाकाे पुनर्बीमावापतकाे दाबी क्रमशः बढ्दै गइरहेकाले जाेखिमा‌ंकनवापतकाे कूल बचतमा समेत दबाब पर्न सक्ने इक्राले टिप्पणी गरेकाे छ।

व्यापारकाे ठूलाे हिस्सा नेपालभित्रै सीमित रहेकाले भाैगाेलिक एकाग्रताका कारणा हुन सक्ने जाेखिम उच्च रहेकाे अवस्था समेत इक्राले प्रतिवेदनमा उल्लेख गरेकाे छ।