शहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल

Kmc

काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।

NLG InsuranceNECO
दोस्रो लेगको आठौं चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुने भएका हुन् । जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सातदोबाटो आज नवौं जितको योजनामा हुनेछ । सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स छैटौं जितको खोजीमा हुनेछ। फ्रेन्ड्स २० खेलमा २१ अंक जोडेर १३ औं स्थानमा छ ।

यस्तै च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ। मनाङ र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। मनाङ छैटौं जितको लक्ष्यमा हुनेछ। मनाङ २० खेलमा २४ अंक जोडेर ११ औं स्थानमा छ । चर्च ब्वाइज ११ औं जितको योजनामा छ। चर्च २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा छ।