११ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शिक्षक फरार, प्रिन्सिपल पक्राउ

Kmc

काठमाडौं । एक ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएका छन् भने प्रिन्सिपल पक्राउ परेका छन् । त्यहाँको सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर जबरजस्ती करणी गरेको आरोप लागेका शिक्षक दीपेन्द्र यादव फरार भएका हुन् ।

NLG InsuranceNECO
बुधबार शिक्षक यादवले ती बालिकालाई शौचालयमा लगेर बलातकार गरेका थिए । बालिका र शिक्षक एकसाथ शौचालयबाट निस्केको देखेपछि अरु विद्यार्थीहरुमा खैलाबैला मच्चिएको र त्यही समयमा शिक्षक भागेको बताइएको छ ।

बालिकाले शिक्षकबाट आफू बलात्कृत भएको बताएपछि प्रहरीले छात्रालाई हिजै प्रादेशिक अस्पताल जनकपुरधाम लगेर स्वास्थ्य परीक्षण गराएको छ भने प्रिन्सिपल हरि श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ रहेको छ ।