गोदावरीमा स्वास्थ्य जीवन बीमा

Kmc

काठमाडौं । गोदावरी नगरपालिकाले स्वास्थ्य जीवन बीमा गराउन प्रत्येक वडामा सहयोगी खटाउने भएको छ । गोदावरी नगरपालिकाका जनस्वास्थ्य अधिकृत लालबहादुर थापाले सामाजिक सुरक्षाअन्तर्गत सबै नागरिकलाई बीमा सुविधा उपलब्ध गराउने जानकारी दिए ।

NLG InsuranceNECO
उनले भने, “सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गरेका नागरिकले सुविधा लिन सक्छन् ।” उनका अनुसार यस नागरपालिकाको बज्रबाराही चापागाउँ अस्पताल, लेले प्राथमिक स्वास्थ्य केन्द्र, बाँडेगाउँ स्वास्थ्यचौकीमा बहिरङ्ग, आकस्मिक, प्रयोगशालाबाट सामान्य सर्जरीलगायतका उपचार गराउन सक्नेछन् ।

तोकिएको अस्पतालमा उपचार हुन सकेन भने डाक्टरले पठाएको अस्पतालमा उपचार हुन्छ । नागरिकले नियमानुसार पाउने स्वास्थ्य बीमाबाट फाइदा पाइने थापाले भने ।

गोदावरी नगरपालिका–१ का अध्यक्ष श्रीराज थापाले भने, “स्वास्थ्य जीवन बीमा कार्यक्रम यही चैत महिनादेखि सुरु गरिएको छ ।” स्वास्थ्य जीवन बीमा गर्दा लाग्ने शुल्क रु तीन हजार पाँच सयमा पाँच जना परिवारलाई उपचार गराउन सकिन्छ । ज्येष्ठ नागरिक, अपाङ्गता, एकललाई बीमा निःशुल्क गरिन्छ ।

अध्यक्ष थापाले बीमा गरेमा घरको आर्थिक भार कम हुने, गरिबी घट्ने, स्वास्थ्योपचारका लागि ऋण खोजीराख्न नपर्ने, आत्मबल बढ्नुका साथै व्यवहारमा सकारात्मक सोच आउने विश्वास व्यक्त गरे ।