काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकामा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको छ । सो मेलाको कार्यक्रम सँचालन गर्ने सम्बन्धमा आज एक कार्यक्रम बिच सम्झौता भयेको हो ।
मेलाको विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा। दिलीपकुमार अधिकारीले मेला लगाउन टिकेन्द्र श्रेष्ठ , सुमन कटेल लाई औधोगिक तथा कृषि व्यापारी मेला आयोजना गर्ने जिम्मेबारी दिएको छ । सो मेलाको कमिटीसमेत बनि मेला कमेटिमा अध्यक्ष टिकेन्द्र श्रेष्ठ, उपाध्याक्ष सुमन कटेल र सदस्यमा सुभास शर्मा, बिनित लालवानी हुनु हुन्छ भने प्रचार प्रसार समिती मा भोजराज घिमिरे तथा सहयोगीमा नरायण चौधरी छन् ।
विज्ञान विषयमा विद्यार्थीहरूको आकर्षण बढाउने, विद्यालयको विज्ञान शिक्षालाई उन्नयन गर्ने र औधोगिक तथा कृषि व्यापार व्यवसायीलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ आगामी २०८० बैशाख ६,७, ८ र ९ गतेबाट बर्जु–५ शान्तिवनमा विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने भएको हो ।
साइन्स टिचर असोसियसन अफ नेपालको संयोजन र एभरेस्ट साइन्स सेन्टर नेपालको सहकार्यमा २०८० वैशाख ६, ७ ,८ र ९ गते विज्ञान मेला र औधोगिक तथा कृषि व्यापारी मेला आयोजना हुने मेला कमिटीका अध्यक्ष टिकेन्द्र श्रेष्ठले जानकारी दिए । विज्ञान केन्द्र शान्तिवनका अध्यक्ष डा. दिलीपकुमार अधिकारीले यस मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने जानकारी दिए ।
नेपालका ७७ वटै जिल्लाका विज्ञान विषयका २०० भन्दा बढी विद्यालयले आफ्ना स्टल राख्ने अधिकारीको भनाइ छ । मेलामा नासाबाट भिडियो कन्फरेन्स हुने र मेलामा सहभागी भएका विद्यार्थीहरूले विज्ञान प्रविधिका विषयमा अधिक जानकारी पाउने पनि उनले बताए । साथै ठुला देखि साना उद्योगीहरुले समेत आफ्ना १०० भन्दा बढी स्टल राखी नेपालका ७७ वटा जिल्लाबाट आएकहरुलाई आफ्ना उत्पादित बस्तु बिक्रि तथा प्रदशनी गरि आआफ्नो व्यापार गर्ने समेत मेला आयोजक कमेटी का अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विज्ञान प्रविधि र विज्ञानसँग सम्बद्ध विषयहरूको गहन अध्ययन–अध्यापन हुने बताउँदै उनले प्रदर्शनीमा उत्कृष्ट हुने एक सार्वजनिक र एक निजी विद्यालयलाई एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए ।
मेलामा एउटा स्कुलका दुई विद्यार्थी र एक शिक्षकले सहभागिता जनाउन पाउने र त्यसका लागि तीन हजार रूपैयाँ तिर्नुपर्ने छ ।
त्यसरी आउने विद्यालयका प्रतिनिधिले खाने र बस्ने सुविधा पाउने आयोजकले जनाएको छ । सहभागि हुने विद्याललाई यातायातको पनि व्यवस्था गरिएको छ । मेलामा अनुमानित एक लाख भन्दा बडी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेला हेर्न जाँदा प्रतिव्यक्ति १०० रुपैयाँको टिकट लाग्ने जनाइएको छ ।
मेलामा विभिन्न विभिन्न औधोगिक तथा कृषिजन्य वस्तुहरुको बिक्रि तथा प्रदर्शनीका साथै विभिन्न परिकारका खानाका स्टल रहने र प्रत्येक दिन साँझपख राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति राख्दै सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।