काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत संशोधन बिधेयकप्रति आपत्ती जनाएको छ । सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
विधेयकमा द्वन्द्वको एक पक्षियलाई मात्रै सम्वोधन गर्ने प्रयास गरेकाले आफुहरुको विरोध रहेको उनको भनाइ छ । बैठकले संसदीय दलको विधानलाइ पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताए ।
बैठकले संघ र प्रदेशका सांसदहरुलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए । बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल भएको लिङ्देनको भनाइ छ ।