काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्योगी, व्यवसायीहरुको समस्या समाधानका लागि आफुले पहल गर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले व्यवसायीहरुलाई सहज वातावरण निर्माणका साथै आवश्यक ऐन कानून तर्जुमाका लागि पनि आफुले पहल गर्ने बताएका हुन् ।
उनाले मुलुकको बिकासका साथै रोजगारी सिर्जना लगाएतका क्षेत्रमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । उनले नाफासंगै समाजप्रतिको उत्तरदायि बहन गर्नका लागि व्यवसायी तयार हुनुपर्ने बताए ।
सभामुख घिमिरेले नेपालको अर्थतन्त्रबारे सवै जानकार रहेकाले अर्थतन्त्रलाई गतिशिल बनाउनका लागि सवैले प्रयत्न गर्नुपर्ने बताए । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।