काठमाडौं । नेपाली लोक गायनमा मीठो स्वरकी धनीको पहिचान बनाएकी गायिका सुनिता शर्माको नयाँ लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएपछि दर्शक तथा श्रोताले रुचाएका छन् । गायिकाको आफ्नै युटथ्युब च्यानल मार्फत आजभन्दा केही दिन अगाडि सार्वजनिक भएको ‘बस बस पियारी’ बोलको गीतको भिडियोले दर्शकको साथ पाएको हो ।
उक्त गीतमा गायिका शर्मालाई गायक बद्री सापकोटाले स्वरमा साथ दिएका छन् भने कृष्ण लामिछानेको शब्दमा गायक सापकोटाकै संगीत रबिनोद बाजुरालीको एरेञ्ज रहेको छ ।
यसगीतको भिडियोमा पछिल्लो समयमा रुचाइएका कलाकार अञ्जली अधिकारी र ओबि रायमाझीले जुहारी खेलेको कथा बनाइएको छ । भिडियोको निर्देशन जेरी भण्डारीले गरेका छन् भने रेशम दर्लामीको छायाँकन र प्रविन भट्टको सम्पादन रहेको छ ।
बाँकी यो लिंकमा क्लिक गरेर भिडियो हेर्नुहोस् :