निशान भट्टराई र अस्मिता अधिकारीको 'मनभरी तिम्रो माया"मा अग्नि र स्मारिकाको रोमान्स (भिडियो सहित)

काठमाडौं । गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटल मार्फत मनभरि तिम्रो माया बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा शब्द र संगीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यको एरेञ्ज रहेको छ ।

भिडियोमा अग्नि सुनार र स्मारिका ढकालले अभिनय गरेका छन् । उनीहरुको रोमाञ्चक अभिनयले भिडियोलाई आकर्षक बनाएको छ । अझ निर्देशक जीवन शाहीले गीतको शब्दमा बुनिएको कथामा सिनको छनोट र क्यामराको एंगललाई आकर्षक तरिकाले खिच्न लगाएर भिडियो हेरौं हेरौं लाग्ने बनाएका छन् ।

बाँकी यो लिंक क्लिक गरेर भिडियो हेर्नुहोस्