नेशनल लेवलको अवाकस प्रतियोगिता सम्पन्न भएको छ। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरमा एक कार्यक्रमका बीच प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा १६० विद्यालयबाट छानिएर आएका २ सय बढी विद्यार्थी र अभिभावकहरुले सहभागिता जनाएका थिए ।
सहभागी विद्यार्थीलाई ३ वटा ग्रुपमा विभाजित गरेर प्रतियोगिता गरिएको थियो । प्रतियोगिता अन्तर्गत A1A2 समूहबाट नवनित टुड्लर्स जोनका सवल पोखरेल प्रथम, नविन ज्योति ईंग्लिस स्कुलका साना गिरी द्वितीय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका दर्स सिल्वाल तृतीय हुन सफल भए ।
यस्तै B1B2 समूहबाट रिड मोडल स्कुलका महिमा गुरुङ प्रथम, रिड मोडलकै करिशा योगी द्वितीय र काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका कशिव कार्की तृतीय भएका छन्।
यस्तै Z1Z2 समूहबाट किण्डर जोए मन्टेश्वरी स्कुलका स्वेरज जंग थापा प्रथम, किण्डर जोएकै सुजल दास द्वितीय र काठमाडौं युरो स्कुलका सुमिन गिरी तृतीय भएका छन् । विजयी हुने विद्यार्थीहरुलाई ट्रफि र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
विभिन्न विद्यालयबाट भएको प्रतियोगिताबाट छानिएका उत्कृष्ट विद्यार्थीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराइएको हो। कार्यक्रममा चर्चित जादुगर एवम् हास्य कलाकार शेरबहादुर गुरुङले जादु देखाएर मनोरञ्जन दिलाएका थिए। बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयहरुले वैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएका छन् ।