नर्भिकमा डा नूतन शर्माको निःशुल्क ओपिडी सेवा

काठमाडौं । नर्भिक अस्पतालमा डा नूतन शर्माले निःशुल्क ओपिडी सेवा दिने भएकी छिन् । उनले आउँदो शनिवार(चैत ४ गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएकी हुन् । उनले निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै अस्पतालले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो ।

आगामी चैत्र ४ गते शनिवार बिहान १० देखि २ बजेसम्म नर्भिक आइभिएफ सेन्टरमा सञ्चालन हुने निःशुल्क ओपिडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालले जानकारी दिएको छ ।

निःशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले पहेले नै नाम दर्ता गराउनु पर्ने छ । अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी वृहत् जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो । आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदै छ । सो कार्यक्रममा सहभागी बिरामीले ब्लड सुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन् ।