अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

Kmc

अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर आज दुई पटक भूकम्प गएको छ ।

NLG InsuranceNECO
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछामको पातलकोट र काभ्रेपलाञ्चोकको काशीखण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका अनुसार अछामको पातलकोट केन्द्रविन्दु भएर आज बिहान ८ बजेर ३५ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केल र काभ्रेपलाञ्चोकको काशीखण्ड भएर आज बिहान ८ बजेर ३ मा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।