खराब मौसमका कारण उडान प्रभावित

Kmc

काठमाडौं । खराब मौसमका कारण विभिन्न क्षेत्रका विमानस्थल सञ्चालनमा आउन नसक्दा उडान प्रभावित भएको छ । न्यून भिजिबिलिटीका कारण विराटनगर, भरतपुर, भैरहवा, चन्द्रगढीमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाईंले बताए  ।

NLG InsuranceNECO
पश्चिमतर्फका विमानस्थलहरूमा हिउँ परिरहेको गुरागाईंले बताए । यति एयरलाइन्सको सिमरा उडान रद्ध भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । नेपालगन्ज, भैरहवा एयरपोर्ट मौसमका कारण खुल्ने, बन्द हुने भइरहेको उनले बताए ।

यात्रुहरूको संख्यामा कमी आएकै कारण बिहीबारको आन्तरिक उडान संख्या घटेको महाप्रबन्धक गुरागाईंले बताए । “आन्तरिकतर्फ उडान संख्यामा कमी आएको छ । आज ११२ वटा उडान छन् । अन्तर्राष्ट्रियतर्फ ३० वटा प्रस्थान र ३० वटा आगमन रहेको छ,” उनले भने ।