NEWSHOUSENEPAL - 1669295496

साइकलमन्त्रीका रुपमा चर्चित लालबाबुलाई यसरी टक्कर दिदैछन् शेखर कोइराला  

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । मोरङको निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला र नेकपा (एमाले) उम्मेदवार लालबाबु पण्डितबीचको मतान्तर फराकिलो बनेको छ । सरकारमा रहेका बेला साइकलमन्त्रीका रुपमा समेत चर्चित पण्डितलाई कोइरालाले धेर पछाडी छोडेका हुन् ।
 
उक्त क्षेत्रमा हालसम्म गणना भएको ६१ हजार २५१ सदर मत मध्ये कोइरालाले २४ हजार १८९ मत पाएका छन् भने पण्डितले १६ हजार ८९४ मत पाएका छन् । जसको मत अन्तर ७ हजार २९५ छ । उक्त क्षेत्रमा ८५ हजार ८२७ मत खसेको छ । 

अब विराटनगरको वडा नम्बर ५, ६, ७, ९, ११ र १२ नम्बर वडाको मत गन्न बाँकी छ । सुन्दर हरैंचा र बुढीगंगा गाउँपालिकामा मत अन्तर कम भइरहेको बेला विराटनगरको गणना हुन थालेपछि भने कोइरालाले मत अन्तर तीब्र गतिमा बढाएका छन् ।

थप समाचार
//CountDown