NEWSHOUSENEPAL - 1669294951

पाँचथरमा फेरि अघि लागे गठबन्धनका आङदेम्बे, बसन्त नेम्बाङको कति मत ?

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । पाँचथरमा प्रतिनिधिसभातर्फ कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले पुनः अग्रता कायम गरेका छन् । जारी मतगणनामा केही समय अघिबाट आङ्देम्बेले पुनः अग्रता कायम गरेका हुन् ।
 
हालसम्म यहाँ ५६ हजार ३४८ मतगणना भएको छ । अझै १९ हजार ४ मतगणना हुन बाँकी छ । पछिल्लो परिणाम अनुसार आङ्देम्बेले २४ हजार ४५६ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका वसन्तकुमार नेम्वाङले २३ हजार ९२४ मत पाएका छन् । आङ्देम्बे र नेम्वाङबीच ५३२ को मतान्तर छ ।  
 

थप समाचार
//CountDown