NEWSHOUSENEPAL - 1669294576

मोरङ ५ आधिकारिक उम्मेदवारलाई हराउदै बागी उम्मेदवारले मारे बाजी 

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका मण्डल प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका हुन् । 

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डललाई पराजित गर्दै विजय हासिल गरेका छन् । एमाले–जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए ।

मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए । एमाले–जसपा गठबन्धनका उम्मेदवार यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए । 

थप समाचार
//CountDown