NEWSHOUSENEPAL - 1669294259

ओलीसँग कुरा गरेको थाहा पाएपछि देउवाले पनि गरे प्रचण्डलाई फोन, यस्तो भयो कुराकानी  

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ तेश्रो शक्तिको रुपमा आफ्नो हैसियत बनाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिलो बन्दै गरेको नेपाली कांग्रेस र दोश्रो बन्दै गरेको नेकपा (एमाले)का पार्टी प्रमुखले टेलिफोन संवाद गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर कुराकानी गरेका हुन् । 

एमाले अध्यक्ष ओलीले फोन गरेर मिल्न प्रस्ताव गरेको थाहा पाउनासाथ देउवाले पनि फोन गरेको बुझिएको छ । प्रचण्डका स्वकिय सचिव रहेश मल्लले दिएको जानकारी अनुसार दुवै पार्टी प्रमुखले अध्यक्ष प्रचण्डलाई बधाई साटासाट गर्न फोन गरेको बताए । 

‘केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो । एक आपसमा बधाई साटासाट भयो । केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो’–प्रचण्डको सचिवालयले भन्यो । 

ओलीले फोन गरेर मिलेर अघि बढ्न प्रस्ताव गरेको समाचार बाहिरिना साथ देउवाले पनि फोन गरेर बधाई दिएको बुझिएको छ । यसअघि तेश्रो शक्ति भएर पनि सरकार निर्माणमा निर्णायक रहेको माओवादी यस पटक भने कमजोर बन्न सक्ने आंकलन गरिएको छ । 

थप समाचार
//CountDown