NEWSHOUSENEPAL - 1669293590

झापाबाट काठमाडौं आउनासाथ ओलीले गरे प्रचण्डलाई फोन, अब हामी मिलौं

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । झापा–५ मा आफ्नो विजयी सांसदको प्रमाणपत्र लिएर उपत्यका आएका ओलीले प्रचण्डलाई तत्काली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेपछि पहिलो पटक फोन गरेका हुन् । 

श्रोतका अनुसार ओलीले प्रचण्डलाई फकाउने शैलीमा फोन गरेका छन् । ओलीले भने–‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’  ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ –श्रोतले भन्यो । 

प्रचण्डले आफैंले भने जितेकोमा बधाई दिँदै ओलीले अब बाम एकता वा मिलेर सरकार बनाउने बारेमा सोच्न आग्रह गरेका छन् । 

ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए । ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए ।

बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

थप समाचार
//CountDown