NEWSHOUSENEPAL - 1669292941

पार्टीले चुनाव हारेपछि माधव नेपालले भने, अब बाम एकता गर्नुपर्छ 

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब बाम एकता गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । अध्यक्ष नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताएका हुन् । 

रौतहट १ बाट निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए ।

उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे ।

संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए ।

थप समाचार
//CountDown