NEWSHOUSENEPAL - 1669290759

समानुपातिकमा एमालेले सवा ६ लाख कटाउदा के छ अरु दलहरुको अवस्था ?

  • न्युज हाउस नेपाल
  • ८ मंसिर २०७९, बिहिवार

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी नै रहेको छ । निर्वाचन आयोगले यस निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीमा उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम सार्वजनिक गर्ने क्रम जारी राखेको हो । 

समानुपातिक निर्वाचन प्रणालीमा यस पटक नेकपा (एमाले)ले सर्वाधिक बढी मत ल्याइरहेको छ भने दोश्रोमा नेपाली कांग्रेसलाई मत प्राप्त भइरहेको छ । हालसम्म एमालेले ६ लाख २७ हजार मत प्राप्त गरेर पहिलो स्थान हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ५ लाख ९२ हजार ल्याएर दोश्रो स्थानमा रहेको छ भने नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख ९६ हजार मत ल्याइ तेश्रो स्थानमा रहेको छ । 

सत्ता गठबन्धनको दोश्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले २ लाख ८४ हजार मत ल्याई चौथो स्थानमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७१ हजार, जनता समाजवादी पार्टीले ७६ हजार, नेपाल मजदुर किसान पार्टीले ५१ हजार, जनमत पार्टीले ५० हजार, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार र एकीकृत समाजवादीले ४१ हजार मत पाएका छन् ।   

हाल पनि मतगणना जारी रहेको छ । 

थप समाचार
//CountDown